पटाकाको बहानामा विष्फोटक पदार्थ ओसारपसार, २ जना पक्राउ
बारा । प्रहरीले पटाकाको बहानामा विष्फोटक पदार्थ ओसारपसार गर्ने २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरको यात्रुबाहक बसमा विष्फोटक पदार्थसहित २ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीकाअनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप–महानगरपालिका–५ स्थित फेटा गाँउपालिका–१ त्रिवेणी बस्ने २८ वर्षीय लालबाबु दास र सोही स्थान बस्ने २७ वर्षीया को कन्हैया दास छन् ।
पक्राउ परेकाहरूले बसको पछाडीको डिक्कीभित्र खुर्सानी भएको बोराभित्र लुकाईछिपाई राखी लैजाँदै गरेको अवस्थामा नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५०० ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९०० ग्राम फेला परेको पंगेनीले बताए ।
पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसुरमा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण