बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जुम्लामा निजी लगानीमा फुटसल सुरु, एन्फा केन्द्रीय अध्यक्षद्वारा उद्घाटन

बुधबार, २६ कात्तिक २०७७, २० : ५६
बुधबार, २६ कात्तिक २०७७

जुम्ला । फुटसल शुरु गरिएको छ । जुम्लाको चन्दननाथ नगरपालिका ५ मा निर्माण गरिएको फुटसल मैदान र संरचनाको औपचारिक उद्घाटन गरिएको हो । नेपाल फुटवल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ लामाले एक कार्यक्रमका बीच फुटसलको उद्घाटन गरेका हुन् ।

चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका लागि केन्द्रीय अध्यक्ष लामा, उपाध्यक्ष तथा पूर्व राष्ट्रिय गोल्किपर उपेन्द्रमान सिंह, पूर्व राष्ट्रिय खेलाडी राजुविक्रम थापा सहितका खेलाडीहरु जुम्ला पुगेका छन् ।

फुटसलको उद्धाटन गर्दै थापाले फुटवल खेलको आधारभुत तहबाटै सिकाई बलियो बनाउन एन्फाको मुख्य अहिलेको उद्देश्य रहेको बताए । उनले ६ बर्ष देखीनै बालबालिकाहरुलाई फुटवल खेल शुरु गरेपछि आधार बलियो हुने बताए । उनले यसमा एन्फाले जुम्ला सहित देशका अन्य जिल्लामा पनि बालबालिकाको खेल शुरु गर्ने बताए । 

उनले जुम्लामा फुटसललाई बलियो बनाउनमा चन्दननाथ नगरपालिका र नेपाली सेनाले समेत पूर्वाधार सहित अन्य बिषयमा सहयोग गर्ने बताए ।

निजी लगानीमा फुटसल शुरु

जुम्लामा पहिलो पटक निजी व्यक्तिको लगानीमा शुरु गरिएको फुटसल नमूनाको रुपमा शुरु गरिएको छ । स्थानीय जिपि स्टेशनरीका सञ्चालक गणेश रोकाया, स्थानीय नृपराज भारती र प्रमोदजंग शाहीको लगानीमा चन्दननाथ नगरपालिका वडा नम्बर ५ कालेखोली खानेपानी कार्यालयको पूर्वतिर स्थापना गरिएको छ । अहिलेसम्म करिब रु. ८० लाख लागत भएको र रु।एक करोड लगानी हुने भएको रोकायाले जानकारी दिए ।

यसैगरी सञ्चालनमा एन्फासहित स्थानीय चन्दननाथ नगरपालिकाले सहयोग तथा सहकार्य गर्ने भएको छ । उद्घाटन कार्यक्रममा चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले स्थानीय सरकारले समेत फुटसलमा सहयोग समन्वय र सहकार्य गर्ने बताए । उनले अझै फुटबलमा महिलाहरुको सहभागिता बढाईनुपर्ने बताए ।

 वडा नम्बर ५ का अध्यक्ष अर्जुनसिंह कठायतले खेलकुद नै विकास भएकाले शुरुवात गरिएकोमा लगानीकर्ता बधाईको पात्र भएको जानकारी दिए । उनले वडास्तरबाटै खेलको विकास गर्नुपर्ने  जोड दिए ।

कार्यक्रममा २४ नम्बर बाहिनीका बाहिनीपति यमबहादुर सापकोटा, गणपति दिवाकर रायमाझी, चन्दननाथ नगरपालिकाका नगर उपप्रमुख अप्सरादेवी न्यौपाने महत, अखिल नेपाल फुटबल संघ जुम्लाका अध्यक्ष यमबहादुर सापकोटा नेपाल पत्रकार महासंघका अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बरमबहादुर महतलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष लामालाई सम्मान 

यसैगरी जिल्ला खेलकुद विकास समिति जुम्लाले अध्यक्ष लामा, उपाध्यक्ष सिहं र पूर्व राष्ट्रिय खेलाडी थापालाई मायाको चिनो र सम्मान गरिएको छ । जिल्ला खेलकुद विकास समिति जुम्लाका पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठलगायतका अतिथिहरुले सम्मानसहित  जुम्लाको चन्दननाथ मन्दिर सहित अंकित मायाको चिनो प्रदान गरिएको छ । यसैगरी कार्यक्रममा बोल्दै लामाले अब जुम्लालाई फुटबलको कोच तुरुन्तै नियुक्ति गरिने बताए ।

उनले कोचले भने हरेक दिनको अनलाईन रिपोर्टिङ गर्नुपर्ने  जनाए । उनले खेलकुदलाई विकास गर्न सबैको सहकार्य आवश्यक भएको भन्दै स्थानीय सरकारको समेत सहयोग हुनुपर्ने बताए । कार्यक्रम सञ्चालन जिल्ला खेलकुद विकास समितका प्रमुख बरमबहादुर महतले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप