विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड १९ लाखभन्दा बढी पुग्यो
एजेन्सी । विश्वभर पाँच करोड १९ लाख ७५ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी अमेरिकामा एक करोड ३८ लाख चारहजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने भारतमा ८६ लाख ३६ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।
अमेरिका र भारतपछि बढी सङ्क्रमित भएका मुलुकहरूमा क्रमशः ब्राजिलमा करिब ५७ लाख, फ्रान्समा १९ लाख १४ हजार, रूसमा १८ लाख, स्पेनमा १४ लाख, अर्जेन्टिनामा १२ लाख, बेलायतमा १२ लाख र कोलम्बियामा ११ लाख र इटालीमा १० लाखभन्दा बढी सङ्क्रमित रहेका छन् ।
अमेरिकामा दुई लाख ४७ हजार ३९८, ब्राजिलमा एक लाख ६३ हजार ४०६ र भारतमा एक लाख २८ हजार १६५ व्यक्तिको मृत्यु भइसकेको छ । फ्रान्स,स्पेन, इटाली, बेलायत, मेक्सिको अर्जेन्टिना, जर्मनीलगयतका मुलुकमा पनि कोभिड–१९ सङ्क्रमित हजारौँ व्यक्तिको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण