बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भत्ताको आशमा ज्येष्ठ नागरिक

बिहीबार, २७ कात्तिक २०७७, २० : ३६
बिहीबार, २७ कात्तिक २०७७

जुम्लाको चन्दननाथ नगरपालिकाका ज्येष्ठ नागरिक समाजिक सुरक्षा भत्ताको आशमा रहेका छन् । पहिलो चौमासिकमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिकको दशैं नरमाइलो बनेको छ । 

पटकपटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाइ नगरेको ज्येष्ठ नागरिक पुर्णबहादुर खत्रीले चार महिनादेखि भत्ता नपाएको बताए । 

“दशैं जसोतसो मनाइयो, तिहार कसरी मनाउने होला भन्ने चिन्ताले पिरोल्न थालेको छ”, उनले भने,  “भत्ता नपाउने छाँटकाँट देखेपछि रु एक हजार लुकाएर राखेको रुपैयाँले दशैं मनायौँ ।” 

ज्येष्ठ नागरिकको आयस्रोत भनेको सामाजिक सुरक्षा भत्ता भएको हुनाले ज्येष्ठ नागरिक अन्योलमा परेका हुन् । उनीहरुले बिरामी पर्दादेखि चाडपर्व मनाउनका लागि भत्ताको रकम खर्च गर्दै आइरहेका छन् । हरेक चौमासिकमा रु आठ हजार पाउने गरेको खत्रीले बताउनुभयो । ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले ज्येष्ठ नागरिकलाई साथ दिने निकाय स्थानीय तह आएपछि घटेको बताए । 

चन्दननाथ नगरपालिकामा ७२० ज्येष्ठ नागरिक, एकल महिला ३४५, बालबालिका एक हजार चार सय, अपाङ्गगता भएका व्यक्ति १६६ रहेको नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख भक्तिाल बुढाले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप