नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ, यसरी तयार हुँदै थियो १ हजारको नोट
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार गोलबजार नगरपालिका–६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोटसहित ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–१२ बस्ने २५ वर्षीय धिरज यादव, सञ्जय यादव र कल्याणपुर नगरपालिका–७ बस्ने २४ वर्षीय विम्लेन्द्रकुमार नायक रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट बरामद भएको रकम सबै हजारका नोट मात्रै छन् ।
गोलबजारमा रहेको सशस्त्र प्रहरी सुरक्षा वेशले विरेन्द्र महतोको घरमा विगत केही मिहनादेखि शंकास्पद गतिविधि बढ्न थालेको गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट एउटा ल्यापटप र मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषध कारोबारी हुनसक्ने आशंकाका साथ वेश क्याम्पका इन्चार्ज प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सोही स्थानमा पुग्दा १०४ तयारी जाली नोट र ५८० जाली नोट एफो साइजको कागजमा छपाई गरी कटिङका लागि तयारी अवस्थामा राखिएको थापाले बताए ।
बरामद जाली नोट, नोट छाप्ने मेसिन र उक्त कार्यक्रमा संलग्न ३ जनालाई कानुनी प्रक्रिया पूरा गरेर थप अनुसन्धानको लागि नजिकै रहेको नेपाल प्रहरीलाई बुझाइएको थापाले बताए । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण