विवादित विषय केन्द्रीय कार्यसमितिमा प्रवेश गराउन नदिने पौडेल पक्षको रणनीति
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह केन्द्रीय समिति बैठकमा सहभागी हुने भएको छ । विहान ११ बजे भएको पौडेल पक्षको अर्चुअल बैठकले विवादित केन्द्रीय समिति बैठकमा प्रवेश गराउन नदिने रणनीति तय गरेको छ ।
पौडेल पक्षले आजको बैठकमा सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानूपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने र दिपावलीको शुभकामना आदान प्रदानमा बाहेकका विषयमा छलफल गर्न नदिने रणनीति बनाएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।
पौडेल पक्षले १४ औँ महाधिवेशन, केन्द्रीय विभाग गठन–मनोनयन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था अधिवेशन, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड र विदेशस्थित जनसम्पर्क समितिको विषयमा अनौपचारिक समझदारी जुटाउन जोड दिएको छ ।
काँग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतका अनुसार पार्टी बैठकमा पार्टीको १४ औं महाधिवेशन, सरकारबारे आगामी रणनीति, सुनिल थापा समूहको व्यवस्थापनका विषयमा छलफल हुनेछ । सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच महाधिवेशनको तिथि मितिमा मुख्य मतभेद देखिएको छ । मंसिरभित्र क्रियाशील सदस्यता टुंगो लगाएर फागुनभित्रै केन्द्रीय महाधिवेन गर्ने सकिने पौडेल पक्षको अडान छ ।
सभापति देउवा पक्ष भने जेठमा महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेर जानुपर्ने पक्षमा छ । देउवा पक्षको प्रस्तावमा नेता कृष्णप्रसाद सिटौला पक्ष पनि सहमत देखिन्छ । दिउँसो एक बजेलाई बैठक बोलाए पनि पौडेल पक्ष भर्चुअल बैठक सकेर भरखरै पार्टी कार्यालयतिर लागेकाले बैठक ढिलो गरी सुरु हुने भएको छ । संस्थापन पक्षका नेताहरु भने एक बजे पार्टी कार्यालय पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण