आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विवादित विषय केन्द्रीय कार्यसमितिमा प्रवेश गराउन नदिने पौडेल पक्षको रणनीति

शुक्रबार, २८ कात्तिक २०७७, १३ : ४७
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह केन्द्रीय समिति बैठकमा सहभागी हुने भएको छ । विहान ११ बजे भएको पौडेल पक्षको अर्चुअल बैठकले विवादित केन्द्रीय समिति बैठकमा प्रवेश गराउन नदिने रणनीति तय गरेको छ ।

पौडेल पक्षले आजको बैठकमा सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानूपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने र दिपावलीको शुभकामना आदान प्रदानमा बाहेकका विषयमा छलफल गर्न नदिने रणनीति बनाएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

पौडेल पक्षले १४ औँ महाधिवेशन, केन्द्रीय विभाग गठन–मनोनयन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था अधिवेशन, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड र विदेशस्थित जनसम्पर्क समितिको विषयमा अनौपचारिक समझदारी जुटाउन जोड दिएको छ ।

काँग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतका अनुसार पार्टी बैठकमा पार्टीको १४ औं महाधिवेशन, सरकारबारे आगामी रणनीति, सुनिल थापा समूहको व्यवस्थापनका विषयमा छलफल हुनेछ । सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच महाधिवेशनको तिथि मितिमा मुख्य मतभेद देखिएको छ । मंसिरभित्र क्रियाशील सदस्यता टुंगो लगाएर फागुनभित्रै केन्द्रीय महाधिवेन गर्ने सकिने पौडेल पक्षको अडान छ ।

सभापति देउवा पक्ष भने जेठमा महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेर जानुपर्ने पक्षमा छ । देउवा पक्षको प्रस्तावमा नेता कृष्णप्रसाद सिटौला पक्ष पनि सहमत देखिन्छ । दिउँसो एक बजेलाई बैठक बोलाए पनि पौडेल पक्ष भर्चुअल बैठक सकेर भरखरै पार्टी कार्यालयतिर लागेकाले बैठक ढिलो गरी सुरु हुने भएको छ । संस्थापन पक्षका नेताहरु भने एक बजे पार्टी कार्यालय पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप