फ्रान्समा लकडाउन डिसेम्बरसम्म जारी रहने
एजेन्सी । फ्रान्समा कोरोना भाइरसका कारण गरिएको लकडाउन आगामी डिसेम्बर महिनासम्म गरिने बताइएको छ । सो कुराको जानकारी फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले दिएका हुन् । उनले फ्रान्समा जारी रहेको लकडाउन आगामी डिसेम्बर महिनासम्म नै कायम रहने बताएका हुन् । प्रधानमन्त्री क्यास्टेकको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनले भनेका छन्– ‘म र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तीमा आगामी महिनासम्म यो अहिलेको लकडाउन जारी राख्ने निर्णय गरेका छौँ ।’
यो लकडानको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सुचारु गर्न पाइने छैन ।केही समयअघि फ्रान्सको सरकारले यहाँ कोरोना भाइरसका संक्रमितहरु पहिलेको तुलनामा निकै नै बढ्न थालेपछि लकडाउन गरिएको छ ।
प्रधानमन्त्री क्यास्टेकले पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकै नै रहेको देखिएको बताएका छन् । उनका अनुसार फ्रान्समा पछिल्लो हप्ताको तथ्याँक हेर्दा हरेक दिन कम्तीमा पनि ५०० जनाको निधन नै हुने गरेको छ भने दैनिक हजारौँ जना संक्रमितहरु थपिने गरेका छन् ।
यसैले यहाँको सरकारले कडा खालको नाकाबन्दी गरेको छ । यहाँका नागरिकले यस लकडाउनको विरोध पनि गरेका थिए । तर प्रशासनले भने सरकारले गरेको लकडाउनको कार्यान्वयन गराउनका लागि ठूलो निगरानी गरेको जनाएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण