कोरोना देखिएपछि नाम्खा गाउँपालिका तीन दिनका लागि बन्द
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने चार जनामा कोरोना सङ्क्रमण देखिएपछि कोरोना सङ्क्रमणको दर बढ्नसक्ने भन्दै आजदेखि यस क्षेत्रमा बन्द गरिएको हो ।
पाँच जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्दा बिहिबार राति एक जनामा नेगेटिभ अन्य सबै चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आवतजावत नै बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धनलाल रोकायाले जानकारी दिए ।
पालिका भित्रै एकापसमा समुदायस्तमा सङ्क्रमण बढ्ने जोखिमको सम्भावना बढी देखिएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आजका मिति २०७७÷०७÷२८ गते देखि कात्तिक ३० गते तीन दिनसम्मका पालिका प्रवेशमा आवतजावतमा रोक लगाउँदै सिल गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।
सिल गरिएको स्थान र मितिभित्र आन्तरिक तथा बाहिय मानिसले आवतजावत नगरि दिन आगह्र गर्दै यदि नियमित विपरीत गरेको पाइए पालिकाले कानूनबमोजिम कारवाही गर्ने अध्यक्ष लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण