१५२ किलो बँदेलको मासुसहित तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्बरको सेतो रङ्गको फोर्स गाडीमा जाँच गर्दा पाँच बोरा (१५२.५७ किलो) मासु बरामद गरेको प्रहरी निरीक्षक रायमाझीले बताए ।
उनका अनुसार गाडीको छतमा लुकाइराखिएको अवस्थामा मासु बरामद गरिएको थियो । गाडी चालक बराहताल गाउँपालिका–८ सुर्खेतका २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका–४ जुम्लाका ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका–८ सुर्खेत का ३५ वर्षीय दीपेन्द्रराज गिरीलाई पक्राउ गरी अनुसनधान थालिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण