भीडभाडयुक्त विमानस्थलमा घण्टौं फसिन जुही चावलाः भिडियो सेयर गर्दै भनिन्, ‘लाजमर्दो राज्य’
बलिउड नायिका जुही चावलाले हालै एक भिडियो सेयर गरेकी छिन् जसमा उनी विमानस्थलमा देखिएकी छिन् । यो भिडियो सेयर गर्दै नायिकाले एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएआई) को विषयमा आफ्नो असन्तुष्टि पोखेकी छिन् र खराब व्यवस्थाका लागि एएआईमाथि रोष व्यक्त गरेकी छिन् ।
वास्तवमा बुधबार जुही चावला आइपीएल समाप्त भएपछि यूएईबाट फिर्ता भइन् । यस्तोमा हेल्थ क्लियरेन्सका कारण उनी एयरपोर्टमा घण्टौं भीडको बीचमा फसिरहिन् । यतिबेला नायिकाबाहेक अन्य यात्रु पनि हेल्थ क्लियरेन्सका लागि प्रतिक्षा गरिरहेको देखिए ।
Request the Airport and Govt authorities to IMMEDIATELY deploy more officials and counters at the Airport Health clearance ... all passengers stranded for hours after disembarking .. ... flight after flight after flight .....Pathetic , shameful state ..!!@AAI_Official pic.twitter.com/rieT0l3M54
— Juhi Chawla (@iam_juhi) November 11, 2020
जुहीले भीडको बीचबाटै उक्त भिडियो खिचेकी हुन् । भिडियो सेयर गर्दै नायिकाले क्याप्सनमा लेखिन्, ‘विमानस्थल र सरकारी नियकसँग यो बिन्ती छ कि छिटोभन्दा छिटो विमानस्थलमा आवश्यकताको हिसाबले हेल्थ क्लियरेन्समा अधिकारी नियुक्त गर्नुहोस् । थुप्रै यात्री विमानस्थालमा घण्टौंदेखि फसेका छन् । एकपछि अर्को गर्दै विमान आइरहेका छन् । यो कस्तो बकवास हो । लाजमर्दो राज्य ।’
जुही हालै आईपीएल समाप्त भएपछि दुबईबाट भारत फिर्ता भएकी छिन् । आफ्नो टिमलाई हौसला बढाउनका लागि उनी लामो समयदेखि यूएईमा थिइन् । तर देश फिर्ता हुने बेला एयरपोर्टमा उनले हेल्थ क्लियरेन्सका लागि घण्टौं प्रतिक्षा गर्नुपर्यो जसका कारण उनी निकै रिसाएको देखिइन् । केन्द्रको नयाँ निर्देशिका अनुसार विदेशबाट फर्किएपछि हरेक भारतीय ७२ घण्टाका लागि आफ्नो घरमा क्वारेन्टिनमा बस्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण