विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाखभन्दा बढी
एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ ।
साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या पनि हालसम्म ५ करोड ३० लाख पुगेको सो विश्वविद्यालयको तथ्यांकमा जनाइएको छ । यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा छन् । अमेरिकामा मात्र एक करोड १२ लाख संक्रमित भएका सो समाचारमा जनाइएको छ ।
उक्त तथ्यांकमा अमेरिकामा मात्र २ लाख ५१ हजार जना व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको देश भारत हो ।भारतमा मात्र ८८ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । भारतमा यस संक्रमणबाट एक लाख २९ हजारको मृत्यु भएको छ ।
ब्राजिलमा भारतपछि धेरै संक्रमित पुगेका छन् । यहाँ करिब ५८ लाख संक्रमित भएका छन् भने यसमध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ । उता यूरोपेली मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या पछिल्लो समयमा बढेको जनाइएको छ । यसैले ती देशमा पछिल्ला समयमा कडा प्रतिबन्धहरु लगाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण