बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भेरी अस्पतालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

मङ्गलबार, ०२ मङ्सिर २०७७, १८ : ४७
मङ्गलबार, ०२ मङ्सिर २०७७

बाँके । कोरोना सङक्रमणबाट आज भेरी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो । 

उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप