अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध
एजेन्सी । अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरुद्धमा यहाँका केही स्थानहरुमा नागरिकहरुले विरोध प्रदर्शन गरेका बताइएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान हाल अफगानिस्तानको भ्रमणमा गएको बेलामा उनका विरुद्धमा अफगानिस्तानका केही ठाउँमा विरोध भएको हो ।
पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको भन्ने आरोपमा उनका विरुद्धमा यो प्रदर्शन गरिएको बताइएको छ । हालैमात्र एक अन्तर्राष्ट्रिय प्रतिवेदनमा पाकिस्तानमा आतंकवादीहरुको बसोबास रहेको भन्दै एक समाचार सार्वजनिक भएको थियो ।
यसै विषयलाई लिएर अफगानिस्तानका केही स्थानमा पाकिस्तानले आतंकवादीलाई बस्न दिन नहुने भन्दै प्रधानमन्त्री इमरान खानका विरुद्धमा यो प्रदर्शन गरिएको हो । प्रधानमन्त्री इमरान खान अफगानिस्तानका राष्ट्रपति असरफ घानीको आमन्त्रणमा अफगानिस्तान भ्रमणका लागि बिहीबार काबुल पुगेका छन् ।
खान प्रधानमन्त्री भएपछिको यो उनको पहिलो पटक अफगानिस्तान भ्रमण भएको बताइएको छ । उनले अफगानिस्तानमा रहँदा हाल अफगानिस्तान सरकार र त्यहाँका तालिबानहरुले थालेको शान्ति वार्ताको विषयमा कुराकानी गर्नुहुने बताइएको छ ।
हाल अफगानिस्तानको सरकार र यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानहरुका बीचमा शान्ति वार्ता शुरु भएको छ । गएको दुई महिना अघिदेखि नै कतारको दोहामा शुरु भएको भनिएको सो वार्तामा भएको प्रगतिको बारेमा भने केही बताइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण