विशेष अनुदानतर्फ २२ करोड ५७ लाख स्थानीय तहमा हस्तान्तरण गरिने
शुक्रबार, १२ मङ्सिर २०७७, १९ : १७
प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समपूरक तथा विशेष अनुदानतर्फ रु २२ करोड ५७ लाख बजेट स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।
बैठकले समपूरक र विशेष अनुदानतर्फका आयोजनाको बजेट व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष ०७६/०७७ मा कर्णाली प्रदेश सरकारको समपूरक र विशेष अनुदानबाट स्थानीय तहमा सञ्चालित अधुरा आयोजनाका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शीर्षकबाट जम्मा रु २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण