धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
बिहीबार, ३२ असार २०८३, २० : ४१
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ सूचना जारी गर्दै माथिबाट निरन्तर सुक्खा पहिरो खसिरहेकाले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको जनाएको छ ।
प्रशासनका अनुसार जोखिम कायम रहेकाले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ ।
यात्रु तथा सवारी चालकलाई वैकल्पिक व्यवस्था अपनाउन र अनावश्यक रूपमा उक्त सडकखण्ड प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण