जोखिम भत्ताका लागि निकासा भएको ६६ करोड ८७ लाख स्वास्थ्यकर्मीले अझै पाएनन्
काठमाडौं । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि स्वास्थ्यकर्मीले भने समयमै भत्ता पाउन सकेका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म जोखिम भत्ताबापत सो रकम विभिन्न अस्पतालका लागि पठाइएको बताए पनि अस्पतालले समयमै भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी मर्कामा पर्दै आएका हुन् ।
मन्त्रालयले समेत कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालले उपलब्ध नगराएको गुनासो आएको भन्दै त्यस्ता गुनासाको तत्काल सम्बोधन गर्न अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार सबै अस्पताललाई पत्राचार गर्दै तत्काल जोखिम भत्ता उपलब्ध गराएर स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन थप निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै त्यस्तो निर्देशन दिएको स्पष्ट पारेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण