ड्रग्स केसमा जमानत पाएपछि भारतीको पहिलो पोस्ट, नयाँ शोमा देखिनेछिन्
हास्यकलाकार भारती सिंहलाई ड्रग्स केसमा पक्राउ गरिएको थियो । भारती सिंहका श्रीमान् हर्ष लिम्बाचियालाई पनि एनसीबीले पक्राउ गरेको थियो ।
यो केसमा दुबै भारती र हर्षले जमानत पाएका छन् तर एनसीबीले केसको अनुसन्धान गरिरको छ । एनसीबीले उनीहरुलाई ड्रग्स पुर्याउने कारोबारीलाई पनि पक्राउ गरिसकेको छ ।
हुन त घटनाबारे अनुसन्धान जारी छ भारतीका लागि जमानत पाउनु निकै राहतको कुरा हो । उनी आफैंलाई पनि यो कुरा राम्रोसँग थाहा छ, यस्तोमा उनले सोसल मिडियामा एउटा पोस्ट सेयर गरेकी छिन् ।
भारतीले जमानत पाएपछि सबैभन्दा पहिले भगवान गणेशलाई याद गरिन् । उनले आफ्नो इन्स्टा स्टोरीमा गणपतिको सुन्दर तस्बिर सेयर गरेकी छिन् ।
भारतीले जमानत पाएपछि भगवानलाई धन्यवाद दिएकी छिन् । जमानत पाएपछि उनी आफ्नो करियरमा केन्द्रीत भएकी छिन् । अहिलेसम्म हर्षको नयाँ प्रोजेक्ट सार्वजनिक भएको त छैन तर भारती कपिल शर्मा शोमा आफ्नो काम जारी राख्नेछिन् । उनलाई कपिल शर्माको नयाँ शोमा देख्न सकिनेछ ।
यो विवादपछि भारतीको कपिल शर्मा शोबाट पत्ता साफ हुने अनुमान गरिएको थियो तर अहिले यस्तो होला जस्तो देखिँदैन । उनी अहिले पनि कार्यक्रमको हिस्सा बनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण