कालिकोटमा दलित बस्तीमा आगलागी, लाखौंको क्षति
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “आगलागीबाट त्यस्तो कुनै मानवीय क्षति भएको छैन,” प्रहरी नायब उपरीक्षक शाहले भने, “दुई पशुको मृत्यु र एउटा घाइते भएको छ ।”
दलित बस्तीमा आगलागी भएको खबर पाउनेबित्तिकै शनिबार नै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी हेलिकप्टरबाट खाद्य तथा लत्ताकपडा लिएर घटनास्थलमा पुगेका थिए । आगलागीबाट घरबासविहीन १३ परिवारलाई कम्बल, सिरक, तन्ना, म्याट्रेसलगायतका लत्ताकपडा, भाँडाकुँडा र केही खाद्यान्न उपलब्ध गराइएको कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
स्थानीय बिउरी विकको धुवाँरहित फलामको चुल्होको पाइपबाट निस्केको आगोको झिल्को त्यसैसँग जोडिएको घरको काठ तथा खरको छानामा परेपछि आगलागी भएको प्रहरीले जनाएको छ । विस्थापित १३ घरपरिवारलाई अहिले तत्काल छिमेकीको घरमा व्यवस्थापन गरिएको र केही समयपछि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पुनःस्थापन गरिने तिलागुफा नगरपालिकाका प्रमुख रत्नबहादुर शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण