मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विमानस्थलमा चिनियाँ रक्षामन्त्रीसँग कुहिनो ठोक्काएर गृहमन्त्रीले गरे स्वागत

आइतबार, १४ मङ्सिर २०७७, १५ : ३४
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेलाई गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरेका छन् । गृहमन्त्री ‘बादल’ सहितको टोलीले फेंग्हेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।  विदेशी पाहुनालाई स्वागत गर्दा यसपटक ‘बादल’ले नयाँ प्रयोग गरेका छन् । उनले शिष्टाचार साट्दा यसअघि जस्तो हात मिलाउने र अंकमाल गर्ने संस्कार छाडेर कुहिनो ठेक्काएका छन् । 

कोभिड–१९ संक्रमणको जोखिमका कारण विश्वभर हात मिलाउने र अंकमाल गर्ने संस्कार अहिले रोकिएको छ ।  चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्रीलाई गृहमन्त्री ‘बादल’, रक्षा सचिव रेश्मिराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागी चिनियाँ राजदुत हउ यान्छी र परराष्ट्र मन्त्रालयका सह–सचिव कालिप्रसाद पोखरेलले स्वागत गरेका छन् ।  आईतबार विहान २० सदस्यि प्रतिनिधिमण्डल सहित वेई काठमाडौं आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप