विमानस्थलमा चिनियाँ रक्षामन्त्रीसँग कुहिनो ठोक्काएर गृहमन्त्रीले गरे स्वागत
काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेलाई गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरेका छन् । गृहमन्त्री ‘बादल’ सहितको टोलीले फेंग्हेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । विदेशी पाहुनालाई स्वागत गर्दा यसपटक ‘बादल’ले नयाँ प्रयोग गरेका छन् । उनले शिष्टाचार साट्दा यसअघि जस्तो हात मिलाउने र अंकमाल गर्ने संस्कार छाडेर कुहिनो ठेक्काएका छन् ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण विश्वभर हात मिलाउने र अंकमाल गर्ने संस्कार अहिले रोकिएको छ । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्रीलाई गृहमन्त्री ‘बादल’, रक्षा सचिव रेश्मिराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागी चिनियाँ राजदुत हउ यान्छी र परराष्ट्र मन्त्रालयका सह–सचिव कालिप्रसाद पोखरेलले स्वागत गरेका छन् । आईतबार विहान २० सदस्यि प्रतिनिधिमण्डल सहित वेई काठमाडौं आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण