माइतीघरमा नारा : हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, तस्विरमा हेर्नुहोस्
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा सोमबार वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएकाहरुको समूहले गणतन्त्र र संघीय शासन र धर्मनिरपेक्षता व्यवस्थाविरुद्ध प्रदर्शन गरेका हुन् ।
राजतन्त्र र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजी माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न स्थानबाट जुलुस निकालेर माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा घन्काएका थिए ।

बबरमहल, सिंहदरबार, थापाथलीसहितका स्थानमा गरिएको कडा सुरक्षाको बावजुद उनीहरु माइतीघरमा जम्मा भएर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा काँग्रेसभित्र हिन्दुराष्ट्र पक्षधरसँग नजिक रहेका नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष विपीन कोइराला पनि सहभागी थिए ।
आगामी मंसिर २० गते राजावादीहरुले बृहत् प्रदर्शन तयारी स्वरुप यो प्रदर्शन गरिएको बताइएको छ। पछिल्लो समय देशका प्रमुख सहरमा वर्तमान व्यवस्था विरोधीको सडक उपस्थिति देख्न सकिन्छ ।
यसअघि काठमाडौँको जमल, मोरङको विराटनगर, बर्दिया, कैलालीको धनगढी, धनुषाको जनकपुर र कास्कीको पोखरामा, बाँकेको नेपालगञ्ज, मकवानपुरको हेटौंडा र रुपन्देहीको बुटवलमा ठूलो सङ्ख्यामा प्रदर्शन भएको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण