भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति आक्रामक
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ ।
भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका लागि केन्द्रीय राजधानी नयाँ दिल्लीमा हजारौँ किसानहरु भेला भएलगत्तै प्रधानमन्त्री मोदी थप रुष्ट भएका छन् ।
किसानका उत्पादन बेचविखनसम्वन्धी नयाँ कानुनलाई प्रधानमन्त्री मोदीले भने ऐतिहासिक कानुनको संज्ञा दिएका छन् । मोदीले महत्व दिएको कानुनको विरुद्ध नै प्रदर्शन चर्किदै जानुको पछाडि विपक्षीहरुको हात रहेको उनको बुझाइ छ ।
विपक्षी दलहरुको नाम नलिई उनले भने, “किसानहरूलाई ऐतिहासिक कानुनका विरुद्धमा गलत तरिकाले परिचालन गरिएको छ, केही व्यक्तिहरुले यसलाई दुरुपयोग गरेका छन् ।” वारणासीमा भएको एक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले समाजलाई नै भ्रमित पार्नेहरूबाट सतर्क हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण