देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गरिने
सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ । पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको हो ।
यस क्रममा अहिले देशैभरका विमानस्थलमा विकासनिर्माण कार्यले तीव्रता लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशैभर विमानस्थलको विस्तार तथा स्तरोन्नति कार्यलाई सरकारले विशेष प्राथमिकता दिएको बताए । पर्यटनको विकासका लागि हवाई ‘कनेक्टिभिटी’ महìवपूर्ण हुने हुँदा सरकारले विमानस्थलहरूको निर्माण, विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको उनले स्पष्ट गरे ।
नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको जहाज पार्किङस्थलको मङ्गलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले राजधानी बाहिरका सबैभन्दा बढी उडान हुने विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया पनि अघि बढाइसकिएको बताए । नेपालगञ्ज विमानस्थलमा आठवटा एटीआर र चारवटा ट्विनअटर विमान सहज रूपमा पार्किङ गर्ने गरी जहाज पार्किङस्थल निर्माण गरिएको उनले प्रस्ट पारे ।
यो पार्किङस्थल एयर बस ३२० समेत पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको जनाउँदै उहाँले यसैबाट सरकारले यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको प्रमाणित गरेको बताए। सरकारले नेपालगञ्ज र विराटनगर विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढेको पनि उनले जानकारी दिए । मन्त्रिपरिषद्ले यी दुवै विमानस्थलका गुरुयोजनालाई पारित गरिसकेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
-
बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती
-
बिजुलीको ट्रिपिङ र न्यून भोल्टेजले उद्योगी हैरान : ६०% भन्दा बढी उद्योग जेनेरेटरकै भरमा
-
जग्गा व्यवस्थापनका लागि ‘ल्यान्ड पुलिङ’ मोडेल अपनाउन महासंघका अध्यक्ष श्रेष्ठको सुझाव
-
सेयर लगानीकर्तालाई अर्थमन्त्री सचिवालयको अपिल : अफवाहको पछि नलाग्नुस्
-
सिरियास्थित अमेरिकी फौजलाई निशाना बनाएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण