ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनलाई अख्तियारले भन्यो–सही छैन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर सक्रियताका साथ काम गरिरहेको छ र सरकारले त्यसमा कुनै अवरोध नगरेको स्पष्ट पारेको छ ।
भ्रष्टाचार समृद्धिको बाधक भएकाले देशलाई भ्रष्टाचारमुक्त पार्नु आवश्यक रहेको अख्तियारको भनाइ छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीले भने, “नेपाल अति भ्रष्ट मुलुकमा पर्छ भन्नु नै आग्रहपूर्ण छ, कम्बोडियामा २०–२५ वर्षदेखि एउटै शासक छन्, त्यहाँ लोकतन्त्र छैन, म्यानमारमा सैनिक शासन छ तर नेपालमा
जननिर्वाचित सरकार छ र लोकतान्त्रिक पद्धतिबाट चलेको मुलुकमा त्यसै पनि भ्रष्टाचार कम हुन्छ ।”
‘भ्रष्टाचार समृद्धिको बाधक हो तर यसलाई अङ्कका आधारमा मापन गर्ने’ कुरामा आयोगको विमति रहेको उनले बताए ।
भ्रष्टाचार नियन्त्रणका लागि आयोगले निरन्तर सक्रियताका साथ काम गरिरहेको छ, भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारबाट कहीँ कतै अवरोध भएको छैन भन्दै प्रवक्ता अधिकारीले भने, “ट्रान्सपरेन्सी इन्टरनेसनलले भनेजस्तो सरकारले अवरोध ग-यो वा प्रभावमा पा¥यो भन्ने केही छैन ।”
प्रवक्ता अधिकारीले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदनमाथि प्रश्न उठाउँदै भने, “यो दलीय आँखाले हेर्ने कुरा पनि होइन, नेपाल राज्यको अस्मितासँग सम्बन्धित विषय हो, एउटा आईएनजीओ वा
एनजीओले पाँच सय÷हजार मानिससँग सोधेर यस्तो भयो र उस्तो भयो भनेर धारणा बनाउने काम भएको छ, त्यसमा हामीले प्रतिक्रिया नै जनाउनु पर्छ भन्नेजस्तो लाग्दैन ।”
ट्रान्सपरन्सीको प्रतिवेदन तथ्यगत नभएको उनको भनाइ छ । गोरखापत्रमा खबर छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण