निषेध गरिएका सेवा अझै १५ दिन चलाउन नपाइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका सेवा तथा व्यवसाय अझै १५ दिन यथावत् सञ्चालन गर्न नहुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनसम्म यसअघिको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्ने र आउँदो १५ दिनको सङक्रमण अवस्था हेरेर थप निर्णय गरिने बताए ।
उनले अझै १५ दिन बन्द रहने सेवामा सिनेमा हल तथा रात्रिकालीन व्यवसाय रहेको बताए । धेरै मानिस जम्मा हुने स्थान र जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुने सेवा तथा व्यवसाय अझै १५ दिनसम्म बन्द गर्नुपर्ने उनले बताए । प्रवक्ता गौतमका अनुसार सभा, सम्मेलन, जुलुस, धर्ना, घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन । विद्यालय खोल्ने हकमा थोरै विद्यार्थी भएका ठाउँबाट स्थानीय तहबाट स्वीकृति लिई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु पर्नेछ ।
यसका लागि स्वास्थ्य सेवा विभाग सँगको समन्वयमा निर्णय गरी सीसीएमसीलाई पठाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको प्रवक्ता गौतमले बताए । डा. गौतमले अझै १५ दिन नखोल्न भनिएका सेवा तथा व्यवसायलाई कडाइसाथ बन्द गरी निर्देशन पालना गर्न आग्रह गरे ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
-
ब्रिटिस स्टिल राष्ट्रियकरण गर्ने बेलायतको निर्णय, चीनले गर्यो विरोध
-
२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण