ब्रिटिस स्टिल राष्ट्रियकरण गर्ने बेलायतको निर्णय, चीनले गर्यो विरोध
सारांश
- बेलायत सरकारले घाटामा रहेको ब्रिटिस स्टिल कम्पनीलाई सरकारी स्वामित्वमा ल्याउने निर्णय गरेको छ।
- यस निर्णयले रोजगारी संरक्षण र रणनीतिक औद्योगिक क्षमता सुरक्षित गर्ने बेलायत सरकारको भनाइ छ।
- चीनले उक्त निर्णयको विरोध गर्दै यसले चिनियाँ कम्पनीहरूको विश्वास कमजोर बनाएको र द्विपक्षीय लगानी सम्झौताअन्तर्गतका दायित्व पूरा गर्न आग्रह गरेको छ।
बेइजिङ । बेलायती स्टिल कम्पनी ब्रिटिस स्टिललाई राष्ट्रियकरण गर्ने बेलायत सरकारको निर्णयप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । बेलायत सरकारले बिहीबार घाटामा रहेको कम्पनीलाई सरकारी स्वामित्वमा ल्याउने घोषणा गरेको थियो । यस क्रममा यस कदमले रोजगारी संरक्षण गर्नुका साथै देशको रणनीतिक औद्योगिक क्षमता सुरक्षित गर्ने जनाइएको थियो।
गत वर्ष बेलायत सरकारले स्कन्थोर्पस्थित ब्रिटिस स्टिलको सञ्चालन आफ्नो नियन्त्रणमा लिए पनि कम्पनीको स्वामित्व भने चिनियाँ जिङ्ये ग्रुपसँगै रहेको थियो । नयाँ निर्णयसँगै कम्पनी पूर्ण रूपमा सार्वजनिक स्वामित्वमा जानेछ । चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा बेलायतको कदमले जिङ्ये ग्रुपका वैध अधिकार र हितमा गम्भीर आघात पुगेको तथा बेलायतमा लगानी गर्ने चिनियाँ कम्पनीहरूको विश्वास कमजोर बनाएको भनेको छ ।
मन्त्रालयले बेलायतलाई चीन–बेलायत द्विपक्षीय लगानी सम्झौताअन्तर्गतका दायित्व इमान्दारीपूर्वक पूरा गर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा बेलायतले राष्ट्रिय सुरक्षाको नाममा जिङ्ये ग्रुपले बेलायती अर्थतन्त्र र समाजमा पुर्याएको योगदानलाई बेवास्ता गर्दै कम्पनीमाथि जबर्जस्ती नियन्त्रण गरेको आरोप लगाइएको छ ।
घटनाक्रमलाई नजिकबाट निगरानी गर्ने र आफ्ना कम्पनीहरूको अधिकार संरक्षणका लागि आवश्यक सहयोग गर्ने चीनले जनाएको छ। यद्यपि त्यसका लागि कस्ता कदम चालिने भन्नेबारे स्पष्ट गरिएको छैन । यो निर्णयले बेलायत र चीनबीचको सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने विश्लेषण गरिएको छ। नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले पदभार ग्रहण गर्नुअघि नै यो विषय दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धका लागि महत्त्वपूर्ण चुनौतीका रूपमा देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन सुरु भएसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल, तस्बिरहरू
-
अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण
-
३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तत्काल खारेज गर्न क्रान्तिकारीको माग
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण