सिमकोट विमानस्थलमा लागेको आगो नियन्त्रणमा
सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । विमानस्थल प्रमुख बस्ने क्वाटरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको प्रहरी प्रमुख सुवेदीले बताए ।
सिमकोटको तापक्रम माइनमा झरेर पानी जमेकाले आगो निभाउन समस्या भएको थियो । कार्यालयमा प्रयोग भएको हिटरका कारण विद्युत्को तार सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
अगालागीबाट ६ कोटे भवनको ३ कोठा पूणरुपमा जलेर नष्ट भएका छन् बाँकी ३ कोठामा आंशिक क्षति भएको विमानस्थलका प्रमुख विष्णु अधिकारीले बताए । आगलागी शुरु भएको कोठामा रहेका कार्यालयका कागजात, एसि, सोलार, ब्याट्री जलेर नष्ट भएको छ । बाँकी रहेका कोठाको झ्याल ढोका पनि आगो नियन्त्रण गर्न फोडिएको छ । भवनमा ५० प्रतिशत क्षति पुगेको छ । आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइँयाल घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण