बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव

बिहीबार, ३२ असार २०८३, २० : ०८
बिहीबार, ३२ असार २०८३

सारांश

  • उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन्।
  • कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारका तर्फबाट शोक संवेदना प्रकट गर्न उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए।
  • भ्रमणका क्रममा यादवले बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन्। 

कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारका तर्फबाट शोक संवेदना प्रकट गर्न उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई परराष्ट्र मन्त्री शिशिर खनालले स्वागत गरे। सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारी तथा अन्य उच्च अधिकारीहरूको पनि उपस्थिति थियो।

भ्रमणका क्रममा यादवले बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप