नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु
सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ ।
स्वास्थ्यमन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाको कामलाई अघि बढाएको छ । उनले भने, ‘खोप व्यवस्थापन कसरी गर्ने ? जनचेतनादेखि तालिमलगायतका काम भइरहेका छन् । हामीसँग भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्छ । हाम्रो जोड जतिसक्यो अनुदानमा खोप ल्याउने हो । त्यसका लागि कूटनीतिक प्रयास भइरहेको छ ।’
खोप आयातमा सहजताका लागि औषधि अध्यादेशसमेत जारी भइसकेको छ । नेपालले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ, जसमा कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशतलाई प्राथमिकताका आधारमा निःशुल्क खोप लगाइनेछ । विश्वका गरिब राष्ट्रलाई खोपको समान पहुँच हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विश्व बैंक र गाभी सम्मिलित गठबन्धन बनेकाले यसलाई कोभ्याक्स नामाकरण गरिएको हो । खोप खरिद प्रक्रियाका लागि बजेटको जोहो गर्ने काम भइरहेको छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को प्रभावकारितामाथि प्रश्न: सत्तापक्ष सन्तुष्ट, प्रतिपक्ष असन्तुष्ट
-
‘मास्टर्नी’ गीतमाथि तत्काल प्रतिबन्ध लगाउन अखिल (क्रान्तिकारी) को माग
-
अन्योलतामै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण