कोभिड १९ को खोप केही हप्तापछि आउँछः भारतीय प्रधानमन्त्री मोदी
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा सो कुराको जानकारी दिनुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त भएको समाचारमा बताइएको छ ।
प्रधानमन्त्री मोदीले भनेका थिए– ‘हामीलाई भारतीय वैज्ञानिकहरुले भन्नुभएको छ, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिडका विरुद्धको खोपको शुरुआत गर्दैछौँ ।’ प्रधानमन्त्री मोदीले यसका भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरुलाई जानकारी गराउनुभएको बताइएको छ ।
अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिन सकिनेगरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताए ।
यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि प्रधानमन्त्रीले दिए । प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकहरु यो खोप निर्माण गर्ने क्रममा निकै लागेको र उनीहरु यस महान अभियानमा सफल हुने भनी निकै नै आत्मविश्वासका साथ काम गरेको बताए ।
यतिखेर आफूले यो खोप सस्तो मूल्यमा नै के कसरी भारतीय नागरिकलाई उपलब्ध गराउने भन्ने विषयमा भारतका हरेक राज्यका मुख्यमन्त्रीहरुसँग कुराकानी गरिरहेको पनि प्रधानमन्त्री मोदीले बताए । भारतका विभिन्न राजनीतिक दलहरुको भर्चुअल बैठकमा सबैभन्दा पनि भारतको विपक्षी दल भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले भारतीय नागरिकले कहिलेदेखि कोभिडको खोप पाउँछन् भनेर प्रश्न गरेका थिए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण