विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहण
सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्वतयारी थालिएको छ । विमानस्थल विस्तारमा जग्गा अधिग्रहणको समस्या जटिल रहेकाले सरोकारवालाले सर्वपक्षीय छलफल शुरु गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले करिब २५ देखि ३० बिघा जग्गा अधिग्रहण हुने बताए ।
यसबारे प्राविधिक टोलीले विस्तृत अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ । प्रदेश सरकार र सङ्घीय सरकारबीच यही असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करिब ३०० मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो ।
जग्गा अधिग्रहणका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५०÷५० प्रतिशत बजेट खर्च गर्नेछन् । यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु ५० करोड विनियोजन गरेको छ ।
स्थानीयवासीले विमानस्थल विस्तारमा आफूहरु बाधक नभएको तर उचित मुआब्जाको शर्त राखेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाले उचित मुआब्जाको ग्यारेन्टी नहुञ्जेल विमानस्थल विस्तारकार्य रोक्ने चेतावनी दिएका छन् । विमानस्थल विस्तारमा सबैभन्दा धेरै जग्गा अमरज्योति नमूना माविको पर्दछ ।
स्थानीयवासी रामप्रसाद उपाध्यायले रु एक अर्ब बजेटले विमानस्थल विस्तार गर्न नसकिने बताए । त्यस्तै वीरेन्द्रनगर १२ का वडाध्यक्ष लोकप्रसाद चालिसेले प्रदेश र सङ्घीय सरकारले स्थानीयवासीको न्यायोचित व्यवस्थापन र मुआब्जाका विषयमा स्पष्ट योजना ल्याउनुपर्ने बताए ।
हाल एक हजार २५५ मिटर रहेको विमानस्थलको धावनमार्ग करिब एक हजार ५०० मिटर पु¥याइनेछ । सुर्खेत विमानस्थल साँघुरो हुँदा ४८ सिटे जहाज उडान र अवतरण हुन्छ । विमानस्थल विस्तार भए ७२ सिटे जहाज अवतरण हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण