गोलकिपरको आत्मघाती गोलले रियललाई राहत, एथ्लेटिकोको अपराजित यात्रा जारी
सेभियाविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिडले ला लिगामा तीन खेलको जीतविहीन यात्रा अन्त्य गरेको छ । शनिबार राति भएको खेलमा रियल १–० गोलले विजयी बन्यो ।
खेलमा एक मात्र गोल सेभियाका गोलकिपर यासिन बोउनाउले गरे । भिनिसियस जुनियरको प्रहार गोलकिपर यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो । यासिन सन् १९९१ पछि आत्मघाती गोल गर्ने सेभियाका पहिलो गोलकिपर हुन् ।
खेलमा सेभियाले मात्र दुई पटक रियलको पोष्टमा आक्रमण गर्न सक्यो । उता, रियलका लागि करिम बेन्जेमाले गोलका थुप्रै अवसर गुमाए भने टोनी क्रुसको प्रहार पोष्टबाट बाहिर गएको थियो ।
जीतसँगै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिकोभन्दा रियल छ अंकले पछि छ ।
जीतले म्यानेजर जिनेदिन जिदानमाथिको दबाब केही कम भएको छ । अब रियलले बुधबार बोरुसिया मोचेनग्लाडब्याचविरुद्ध गर–या–मरको खेल खेल्नेछ । खेलमा हारे रियल पहिलोपटक प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न असफल हुनेछ ।
उता, एथ्लेटिको म्याड्रिडले भने यो सिजन आफ्नो अपराजित यात्रालाई कायम राख्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । एथ्लेटिकोले रियल भालाडोलिडलाई २–० गोलले हरायो ।
एथ्लेटिको जीतमा मार्कस लोरेन्टे र थोमस लेमारले एक–एक गोल गरे । १० खेलपछि एथ्लेटिकोको २६ अंक रहेको छ ।
अन्य खेलमा लेभान्तेले गेटाफेलाई ३–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण