आज विवाह गर्न लागेकी श्वेताले भनिन्, ‘जीवनको नयाँ पानाहरुमा भुल्दै छु म’
सोमबार, २२ मङ्सिर २०७७, १० : १४
अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज (सोमबार) लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ ।
विवाहकै दिन श्वेताले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् । फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘ मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म...’
कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ ।










तस्बिर साभारः स्वेताको फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण