नेपाली महिलाभन्दा पुरुष बढी आशावादी
जीवनस्तर सुधार हुने सम्बन्धमा नेपाली महिलाभन्दा पुरुष बढी आशावादी देखिएका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका साढे ५२ प्रतिशत पुरुषले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर हुने अपेक्षा गरेको देखिएको छ । सोही उमेर समूूहका ४५.४ प्रतिशत महिलाले मात्रै यस्तो अपेक्षा गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले सो मबारसार्वजनिक गरेको नेपाल बहुसूचक सर्वे क्षण २०७५÷७६ प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो ।
त्यसै गरी १५–२४ वर्ष उमे र समूहका युवती ५०.१ प्रतिशत र युवक ५६.४ प्रतिशतले पनि गत वर्षभन्दा आगामी वर्ष अझ राम्रो जीवनस्तर हुने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै १५–४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत महिला र सोही उमेरका पुरुष ६४.७ प्रतिशतले आफू खुसी रहेको बताएका छन् । त्यसै गरी १५ देखि २४ वर्ष समूहका महिला ६८ प्रतिशत र पुरुष ६९.६ प्रतिशत खुसी देखिएका छन् ।
सुुर्तीजन्य र मदिराजन्य पदार्थको प्रयोगमा पनि महिलाको तुलनामा पुुरुष अगाडि देखिएका छन् । त्यस्तै १५–४९ वर्ष उमेर समूहका ४५.१ प्रतिशत पुुरुषले सुुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ भने महिलाको सङ्ख्या ६.१ प्रतिशत मात्रै छ । त्यसै गरी १५ वर्षअघि नै चुरोट खाने पुरुष ५.५ प्रतिशत छन् भने महिला २.२ प्रतिशत छन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
-
ब्रिटिस स्टिल राष्ट्रियकरण गर्ने बेलायतको निर्णय, चीनले गर्यो विरोध
-
२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण