सुरक्षा प्रमुखहरुलाई गृहमन्त्रीको ब्रिफिङ- ‘शिक्षक हत्या गर्नेलाई छिटो समात्नु’
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको ‘हत्या अनुसन्धान’ तिव्र पार्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । बुधवार ‘बादल’ले केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा प्रमुखहरुलाई ब्रिफिङ गरेका थिए । गृह मन्त्रालयमा आयोजित ब्रिफिङमा उनले शिक्षकको हत्यामा संलग्नको खोजी तिव्र बनाउन र पक्राउ गरेर कारवाही गर्न निर्देशन दिएका हुन् ।
मंगलबार मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रअ राजेन्द्र श्रेष्ठलाई सुराक गरेको आरोपमा विप्लवका कार्यकर्ताले हत्या गरेका थिए । हत्याको जिम्मा विप्लव समूहले लिएको छ । बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलैन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायत सहभागी थिए ।
सुरक्षा निकायका प्रमुखसँग नियमित ब्रिफिङ भएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रवहादुर बुढाले रातोपाटीलाई बताए । गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरुले पछिल्लो सुरक्षा अवस्थाको रिपोर्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण