हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो
बिहीबार, ०२ पुस २०७७, १० : ४१
लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ ।
यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले रु पाँच हजार ३०० कायम गरेको छ ।
नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।
यसै गरी नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार ९०० भाडादर रहेको उहाँले जानकारी दिए । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
-
जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
-
तत्काल राजीनामा दिनेभन्दा पनि संविधानअनुसार विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाह
-
विद्युत् निर्यातमा गेम चेन्जर निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण