नयाँ शीतयुद्धबारे पुटिनको जवाफ, ‘रुसको स्वार्थका लागि जे पनि गर्छु’
पश्चिमा शक्तिहरुले आफ्नो वाचा कायम राख्न नसक्दा रुससँग उनीहरुको सम्बन्ध बिग्रिएको दाबी भ्लादिमिर पुटिनले गरेका छन् ।
यस वर्षको अन्तिम पत्रकार सम्मेलनका दौरान पुटिनलाई बीबीसीका पत्रकार स्टिभ रोसेनवर्गले सोधे, ‘रुस र पश्चिमा देशको सम्बन्धको व्याख्या गर्ने क्रममा निरन्तर रुपमा ‘नयाँ शितयुद्ध शब्दावली प्रयोग हुँदै आएको छ ? रुसले निरन्तर रुपमा विदेशी शक्तिहरुले तनाव बढाएको आरोप लगाउँछ, चाहे अमेरिका, नाटो वा बेलायतमाथि नै किन नहोस् ? तर तपाई आफैं २० वर्षदेखि सत्तामा हुनुहुन्छ, आफुु पनि जिम्मेवार छु भन्ने तपाईलाई लाग्छ कि लाग्दैन ? के रुसी अधिकारीहरु पूर्ण चोखो छन् ?’
यसपछि पुटिनले जवाफ दिए,‘ मलाई लाग्छ रुसमा जे भइरहेको छ, त्यसका लागि हामी जिम्मेवार छौं । यहाँका जनताप्रति जिम्मेवार छांै । रुसको स्वार्थका लागि म जे पनि गर्छुु । जहाँसम्म चोखो भन्ने कुरा छ, तपाईहरुभन्दा (पश्चिमा शक्ति) हामी चोखो छौं । किनकी सोभियत तानाशाहबाट मुक्त भएर आफ्नै ढंगले विकास गर्न चाहने जनता र देशहरुलाई स्वतन्त्र गराउने निर्णय ग¥यौं । त्यतिबेला पूर्वी युरोपमा नाटो बिस्तार हुँदैन भन्ने प्रतिवद्धता हामीले सुनेका थियौं । तर, तपाईहरुले बोली कायम राख्नुभएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण