काँग्रेस निकट सिडेनमा नयाँ नेतृत्वका लागि मतदान : थापालाई पौडेल–सिटौला र थानीलाई देउवाको साथ

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सिडेनको छैटौँ अधिवेशन सुरु भएको छ । नेपाल प्रजातन्त्रवादी इन्जिनीयर्सको साझा संस्था (सिडेन) को निर्वाचनमा अध्यक्ष पदमा ध्रुव थापा र उमेशप्रसाद थानी समूहसहित मैदानमा छन् । कोरो महामारीका कारण १० महिना ढिलो गरी सिडेनको निर्वाचन आज भएको छ ।
सिडेनको छैटौँ कार्यकारिणी समितिको शनिबार काठमाडौंमा भइरहेको निर्वाचनमा दुवै पक्षले आ–आफ्नो प्यानलसहित विजय हुने दाबीसमेत गरेका छन् । कार्यकारिणी समितिका लागि अध्यक्षसहित पाँच पदाधिकारी र १३ सदस्यका लागि निर्वाचन भइरहेको प्रमुख निर्वाचन अधिकृत देवराज निरौलाले जानकारी दिए ।
कार्यकारिणी समितिमा समेत प्रतिनिधित्व गर्ने सात प्रदेशका प्रमुखको भने यसअघि नै निर्वाचन भइसकेको छ । शनिबार बिहान ९ः०० बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ः०० बजेसम्म रहेन छ ।
काठमाडौँमा ३ हजार ९६ र सात प्रदेशका विभिन्न स्थानमा ५२७ गरी देशभरका ३ हजार ६२३ प्रतिनिधिले मतदान गरिरहेको उनको भनाइ छ । अध्यक्ष पदका प्रत्यासी थानीले आफू करियरको शुरुआतदेखि नै लोकतन्त्रप्रति समर्पित र सक्रिय रहंँदै आएको उल्लेख गर्दै युवा नेतृत्वका साथ निर्वाचनमा होमिएको बताए ।
साथै उनले आफूले इञ्जिनीयरिङ शिक्षाको गुणस्तर वृद्धि, सिडेनमा आवश्यक सुधार तथा सङ्गठनात्मक सुदृढीकरण गर्ने, संस्थागत सुशासन तथा पारदर्शीता कायम गर्ने इञ्जिनीयरहरुको हकहितका लागि हरसम्भव प्रयत्न गर्ने, नयाँ प्रविधिको आविष्कार र अनुसन्धानलाई प्रोत्साहन गर्नेलगायतका मुद्दा अघि सारेको जानकारी गराए ।
यसैगरी अध्यक्ष पदका अर्का प्रत्यासी थापाले समस्त इञ्जिनीयरको हकहित तथा पेशागत विकासका लागि काम गर्ने चाहनाअनुरुप सबै कोणबाट समावेशी र सन्तुलित समूहका साथ निर्वाचनमा होमिएको बताए ।
उनले युवा इञ्जिनीयरको व्यवस्थापनका लागि तालीम, रोजगारी, जागीर बैंकको स्थापना आदि, सिडेनको संस्थागत विकास, इञ्जिनीयरिङ स्रोत केन्द्रको स्थापना नेपाल इञ्जिनीयरिङ एसोसिएसनको आगामीे चुनावमा लोकतान्त्रिक समूहको जितलगायतका मुद्दा अघि सारेका छन् ।
थानीलाई काँग्रेस सभापति शेरबहादुर देउवा समूह र थापालाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको उम्मेदवारका रुपमा हेरिएको छ । निर्वाचनमा थानीलाई युवा टोलीको साथ छ भने थापालाई सिडेनका पुराना नेताको साथ छ ।
सिडेनमा रहेका ३ हजार ६२३ मतदातामध्ये ३ हजारभन्दा बढी मतदाता युवा रहेकाले थानी युवाको मत तान्न ब्यस्त छन् । थानी युवा टोलीको प्यानल बनाएर चुनावमा होमिएका छन् । थापाको पकट पनि सिडेनमा बलियो छ । वर्तमान अध्यक्ष शंकर पण्डित र पाँच औं अधिवेशनमा अध्यक्षका उम्मेदवार दिनेश भट्टले पनि थापालाई साथ दिएको अवस्था छ ।
भट्ट पाँच औं अधिवेशनमा देउवा समूहको उम्मेदवारको रुपमा चुनावमा उत्रिएका थिए । साथै माउ पार्टी काँग्रेसको कृष्णप्रसाद सिटौला समूहले पनि थापालाई साथ दिएको देखिन्छ । सिटौला निकट इञ्जिनीयरले थापालाई साथ दिएको पाइन्छ ।
काँग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थामा सिटौला समूहको उपस्थिति निर्णायक बन्ने गरेको छ । सिटौला समूहले देउवा र पौडेल समूहमध्ये जसलाई साथ दिन्छ उसैले जितेको देखिन्छ । सिडेनमा भने मन्न सकिने अवस्था छैन । थापा समूहले जसलाई आफ्नो जितको आधार मानेको छ । यस्तै थापाको अनुभवी पनि जितको आधार भएको सो समूहको दाबी छ । थापा यसअघि नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्ष र हाल सिमेन्ट उत्पादक संघको अध्यक्ष रहेका छन् ।
तर, उनी निकट कोषाध्यक्ष पदका उम्मेदवार कौशल केसीसहित अन्य तीन सदस्य अन्तिम समयमा थानीको प्यानलमा गएकाले थापालाई केही धक्का लागेको आँकलन गरिएको छ ।
यता थानी समूह पनि उनमा अनुभवको नभएको कमी जिकिर गर्छ । थानीले पनि नेपाल इन्जिनियर्स एसोसिएसनको महासचिव, नेपाल इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार, नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्यका रुपमा अनुभव आर्जन गरेको उनी पक्षका मतदाताको दलिल छ ।
थानीको प्यानलबाट सूर्य बहादुर पाण्डे उपाध्यक्ष, प्रेम चन्द्र राय महासचिव, विरेन्द्र खड्का उपमहासचिव र कौशल कार्की कोषाध्यक्ष पदमा उठेका छन् । त्यस्तै, थापाको प्यानलबाट मन्दीप सुवेदी उपाध्यक्ष, रोशनराज गिरी महासचिव, सुमन पुडासैनी उपमहासचिव र श्याम दाहाल कोषाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबिच भेटवार्ता
-
समाजको बदलिँदो सांस्कृतिक छवि
-
हिमाली क्षेत्रका मुलुकहरूले चरम मौसमीय अवस्थाको सामना गरिरहेका छन् : वनमन्त्री शाही
-
टुँडिखेलमा साकेला नाच, तस्बिरमा हेर्नुहोस्
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू