वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबिच भेटवार्ता
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबिच भेटवार्ता भएको छ ।
नेपाल सरकारले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘सगरमाथा संवाद’ का अवसरमा उनीहरुबिच आज भेटवार्ता भएको हो । भेटमा उनीहरुबिच नेपाल र भुटान दुवै हिमाली मुलुक भएको र जलवायु परिवर्तनबाट बढी प्रभावित हुनुपरेको परिस्थितिमा साझेदारी गरेरअघि बढ्ने विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा मन्त्री शाहीले भुटानले ऊर्जा, प्राकृतिक स्रोत र वातावरण संरक्षणमा गरेको दिगो विकास प्रयास अनुकरणीय रहेको बताएका वन मन्त्रालयले जनाएको छ । उनीहरुबिच पर्वतीय कूटनीतिका माध्यमबाट यस क्षेत्रका साझा हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने तथा अन्तरराष्ट्रिय मञ्चमा वातावरण र जैविक विविधता संरक्षणका लागि दुई देशले समन्वय गर्ने बारेमा समेत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण