हाइड्रोका कारण विश्वकै तेस्रो अग्लो हिमाल जाने पदमार्ग मासिँदै
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ सेकाथुमका ग्याबु शेर्पाले करोडभन्दा बढी लगानी गरेको होटल छाडेका छन्। कञ्चनजंघा हिमाल जाने पदमार्गमा होटल चलाउँदै आएको घरजग्गा उनले जलविद्युत् आयोजना (हाइड्रो)लाई सुम्पिएका छन्। सेकाथुमकै पेमाडेमा शेर्पाले पनि हाइड्रोकै कारण होटल छाड्नुपर्ने भएको छ। दुवै जनालाई अब के गर्न भन्ने चिन्ता छ।
कञ्चजनंघा संरक्षण क्षेत्र (केक्याप)समेत पर्ने यो क्षेत्रमा रेमिट हाइड्रो प्रालिले घुन्सा खोला जलविद्युत् आयोजना निर्माण थालेको छ। त्यससँगै दर्जन स्थानीय घर छाड्नुपर्ने भएको हो। त्योभन्दा मुख्य कुरा त यसले विश्वकै तेस्रो अग्लो हिमाल जाने पदमार्ग मासिने भएको छ।
आयोजनाले मुआब्जा दिएर जमिन लगे पनि पर्यटक हिँड्ने बाटो मासिँदा दुःख लागेको पेमाडेमाले बताइन्। ‘हाम्रो जीविकाको आधार नै होटल हो। मुआब्जा पाएको पैसाले बाहिर केही पनि आउँदैन। भएको जमिन सकियो’, उनले भनिन्, ‘पर्यटक हिँड्ने बाटो पनि मासियो, अब के गर्ने ?’
७८.५ मेगावाटको यो आयोजनाले सेकाथुमबाट फेदीसम्म करिब १० किमि पदमार्ग मासिनेछ। सरकारले अर्को आयोजनालाई पनि लाइसेन्स दिएको छ। कञ्चनजंघा हिमालको फेदबाट सुरु हुने १ सय ५५ मेगावाटको घुन्सा खोला जलविद्युत् आयोजना आम्जिलेसा फेदीसम्म भू–भागमा निर्माण हुनेछ। यसले पदमार्गसहित यहाँको जैविक विविधतामा असर गर्ने स्थानीयको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सीताराम गुरागाईंले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण