आगामी तीन दिनको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे गरेको पूर्वानुमान जारी गरेको छ ।
मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
यसैगरी, हाल देशभरको मौसमको अवस्थामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमानः
पौष ६ गते (सोमबार)
दिउँसोः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ७ गते (मंगलबार)
दिउँसोः प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश नं १ प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ८ गते (बुधबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।
रातिः देशभर आँशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण