नाग्म–गमगढी राजमार्गः ठेकेदारलाई नौ पटक पत्र
सिजा । नाग्म–गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर– हीरा नमिता जेभीलाई अन्तिम पत्र काटेको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न पटकपटकको निर्देशन अटेर गरेपछि जेभीलाई नवौं पटक पत्र काटिएको जानकारी दिए ।
शुरुआती विन्दु १३ किमीमा पाँच वर्षअघि शुरु गरिएको काम अझै सकिएको छैन । बीचैमा काम छाडेर गएको सो निर्माण कम्पनीलाई यही पुस २ गते काम गर्न भनी अन्तिम पत्र काटिएको कार्यालयले जनाएको छ ।
विसं २०७३ वैशाख १३ गते सो कम्पनीलाई पहिलो पत्र दिइएको थियो । सम्झौता रकम रु १० करोड १३ लाख आठ हजार १३० मध्ये रु सात करोड ९६ लाख १२ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कम्पनीका आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले काम शुरु गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
बजेटमा सरकारले लिएको नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट पन्छ्याउन खोज्यो : इप्पान
-
सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुने
-
घर-जग्गा खरिद गर्दा केवाइसी सहितको बैँक स्टेटमेन्ट अनिवार्य
-
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन: सरकारका प्रवक्ता
-
पानी जहाजका लागि ८ करोड २० लाख बजेट