शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुधबार, २१ जेठ २०८२, १३ : ३४
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • प्रहरीले आकर्षक तलबको प्रलोभन देखाई अल्बानिया र दक्षिण कोरिया पठाउने भन्दै रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा प्रवीणकुमार शाह र प्रतिज्ञा बुढामगर रहेका छन्, जसले पीडितहरूबाट क्रमशः ८ लाख १८ हजार र ५ लाख रुपैयाँ ठगी गरेका थिए।
  • पीडितको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रवीणकुमार शाह

र काठमाडौँ महानगरपालिका(११ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् ।

पक्राउ मध्ये प्रवीणले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख १८ हजार रुपैयाँ र प्रतिज्ञाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।  

पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमबार प्रवीणलाई काठमाडौँ महानगरपालिका–२३ वसन्तपुरबाट र प्रतिज्ञालाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट

पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप