पानी जहाजका लागि ८ करोड २० लाख बजेट
सारांश
- आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले पानीजहाजका लागि ८ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ। यस बजेटले अन्तरदेशीय जल यातायातको विकास गर्ने लक्ष्य राखेको छ।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमार्फत कोशी, गण्डकी लगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाहसम्म जल यातायात सञ्चालनको तयारी गरिने बताए।
- चालु आर्थिक वर्ष २०८१/८२ मा १५ करोड ६ लाख बजेट विनियोजन गरिएको थियो, जसमध्ये ६ करोड हुलाकी राजमार्गमा रकमान्तर गरिएको थियो र ८ करोड ३० लाख खर्च हुने अनुमान छ।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले पानी जहाजका लागि ८ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । अन्तरदेशीय जल यातायातको विकास गर्न भन्दै पानीजहाज कार्यालयलाई ८ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्भाव्यताको आधारमा अन्तर्देशीय जल यातायातको विकास, विस्तार र प्रवर्द्धन गर्ने घोषणा गरेका हुन् ।
‘सम्भाव्यताको आधारमा अन्तर्देशीय जल यातायातको विकास, विस्तार र प्रवर्द्धन गरिने छ,’अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत घोषणा गरे,‘ कोशी, गण्डकी लगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाहसम्मको जल यातायात सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ ।’
आगामी वर्षलाई छुट्ट्याइएको कुल बजेटमध्ये १ करोड ९३ लाख चालु र ६ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरेको छ ।
यस्तै चालु वर्ष २०८१/८२ मा १५ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये ६ करोड रुपैयाँ हुलाकी राजमार्गमा रकमान्तर गरेको थियो । यस्तै ८ करोड ३० लाख रुपैयाँ बराबर बजेट खर्च हुने संशोधित अनुमान छ । यसमध्ये १ करोड ९२ चालु खर्च हुने संशोधित अनुमान छ ।
चालु खर्चअन्तर्गत कर्मचारी पारिश्रमिकमा ७७ लाख रुपैयाँ र बाँकी सवारी साधन मर्मत, कार्यक्रम खर्च, भ्रमण बिमा सवारी साधन मर्मत लगायतका खर्च रहेको छ । यस्तै ६ करोड ३८ लाख रुपैयाँ पुँजीगत खर्च हुने संशोधित अनुमान छ। यसमध्ये १० लाख बराबरको मेशिनरी औजार, फर्निचर फिक्चर्समा २ लाख, पुँजीगत परामर्शमा ४१ लाख र अन्य सार्वजनिक निर्माणमा ५ करोड ८५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा पानीजहाज कार्यालयमा १ करोड ९८ लाख रुपैयाँ बजेट खर्च भएको उल्लेख छ उक्त वर्ष १ करोड २७ लाख रुपैयाँ चालु र ७१ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ ।
यसमध्ये मेशिनरी तथा औजारमा १२ लाख रुपैयाँ, फर्निचर तथा फिक्चर्समा ३ लाख र पुँजीगत परामर्शमा ५६ लाख रुपैयाँ खर्च गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण