शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

पानी जहाजका लागि ८ करोड २० लाख बजेट

बुधबार, २१ जेठ २०८२, १३ : ४३
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले पानीजहाजका लागि ८ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ। यस बजेटले अन्तरदेशीय जल यातायातको विकास गर्ने लक्ष्य राखेको छ।
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमार्फत कोशी, गण्डकी लगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाहसम्म जल यातायात सञ्चालनको तयारी गरिने बताए।
  • चालु आर्थिक वर्ष २०८१/८२ मा १५ करोड ६ लाख बजेट विनियोजन गरिएको थियो, जसमध्ये ६ करोड हुलाकी राजमार्गमा रकमान्तर गरिएको थियो र ८ करोड ३० लाख खर्च हुने अनुमान छ।

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले पानी जहाजका लागि ८ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ  । अन्तरदेशीय जल यातायातको विकास गर्न भन्दै पानीजहाज कार्यालयलाई ८ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । 

बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्भाव्यताको आधारमा अन्तर्देशीय जल यातायातको विकास, विस्तार र प्रवर्द्धन गर्ने घोषणा गरेका हुन् । 

‘सम्भाव्यताको आधारमा अन्तर्देशीय जल यातायातको विकास, विस्तार र प्रवर्द्धन गरिने छ,’अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत घोषणा गरे,‘ कोशी, गण्डकी लगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाहसम्मको जल यातायात सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ ।’

आगामी वर्षलाई छुट्ट्याइएको कुल बजेटमध्ये १ करोड ९३  लाख चालु र ६ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरेको छ । 

यस्तै चालु वर्ष २०८१/८२ मा १५ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये ६  करोड रुपैयाँ हुलाकी राजमार्गमा रकमान्तर  गरेको थियो । यस्तै ८ करोड ३० लाख रुपैयाँ बराबर बजेट खर्च हुने संशोधित अनुमान छ । यसमध्ये १ करोड ९२ चालु खर्च हुने संशोधित अनुमान छ । 

चालु खर्चअन्तर्गत कर्मचारी पारिश्रमिकमा ७७ लाख रुपैयाँ र बाँकी सवारी साधन मर्मत, कार्यक्रम खर्च, भ्रमण बिमा सवारी साधन मर्मत लगायतका खर्च रहेको छ । यस्तै ६ करोड ३८ लाख रुपैयाँ पुँजीगत खर्च हुने संशोधित अनुमान छ। यसमध्ये १० लाख बराबरको मेशिनरी औजार, फर्निचर फिक्चर्समा २ लाख, पुँजीगत परामर्शमा ४१ लाख र अन्य सार्वजनिक निर्माणमा ५ करोड ८५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान  गरेको छ । 

यस्तै आर्थिक वर्ष २०८०/८१ मा पानीजहाज कार्यालयमा १ करोड ९८ लाख रुपैयाँ बजेट खर्च भएको उल्लेख छ  उक्त वर्ष १ करोड २७  लाख रुपैयाँ चालु र ७१ लाख रुपैयाँ पुँजीगत खर्च  गरेको छ । 

यसमध्ये मेशिनरी तथा औजारमा १२  लाख रुपैयाँ, फर्निचर तथा फिक्चर्समा ३ लाख र  पुँजीगत परामर्शमा ५६  लाख रुपैयाँ खर्च गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप