यस्तो छ अबको तीन दिनको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । भने, देशभर मौसम सामान्यतया सफा रहेको छ । साथै, तराई र पहाडका केहि भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानः
पौष १० गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष ११ गते (शनिबार)
दिउँसोः प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १२ गते (आईतबार)
दिउँसोः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ।
रातिः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण