‘एउटा यस्तो प्रेम कहानी’ को ‘हलाल’ गीतमा सुस्माको आइटम
काठमाडौं । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा समावेश ‘हलाल’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले यसै वर्ष फिल्म रिलिज गर्ने उद्देश्यका साथ आइट गीत सार्वजनिक गरेको हो । गीतमा मिना निरौलाको स्वर, बी.बी थापाको शब्द, किशोर थापाको संगीत छ । यो गीतको भिडियोमा नायिका सुष्मा कार्कीले आइटम नृत्य गरेकी छिन् ।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय छ । यो फिल्मबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयग दर्शनधारीले अभिनयमा डेब्यु गर्दैछन् ।
दीपेश सापकोटाको निर्देशन रहेको र फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । फिल्ममा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण