‘विधिको शासन स्थापना गर्न आन्दोलनमा’
प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाकी नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताएकी छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताइन् । संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्ने भन्दै उहाँले न्यायालयले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर फैसला गर्ने कुराप्रति आफूहरु पूर्ण विश्वस्त रहेको बताएकी हुन् ।
न्यायलय कोही कसैबाट प्रभावित हुन नहुने विचार व्यक्त गर्दै नेत्री झाँक्रीले भनिन्, “विधिको शासन कायम गर्ने अन्तिम जिम्मेवारी अब न्यायालयको काँधमा आइपुगेको छ । सङ्घीयतालाई बलियो बनाउन संसद् पुनःस्थापना हुनै पर्छ ।” जनताले समृद्धिको आशसहित नेकपालाई दिएको बहुमतलाई वर्तमान सरकारले दुरुपयोग गरेको उनको आरोप थियो ।
विरोधसभामा नेकपाका केन्द्रीय सदस्यत्रय नरबहादुर विष्ट, विन्दमान विष्ट र झकबहादुर मल्लले सङ्घीयता खतरामा परेको र त्यसको रक्षाका निम्ति संसद् पुनःस्थापना अपरिहार्य रहेको दावी गरे । आज प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाले कर्णालीका १० वटै जिल्लामा विरोध प्रदर्शनका साथै सभा कार्यक्रम सम्पन्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल राजीनामा दिनेभन्दा पनि संविधानअनुसार विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाह
-
विद्युत् निर्यातमा गेम चेन्जर निर्णय
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण