क्रोएशियामा ६.४ तीब्रताको भूकम्प, सातको मृत्यु
क्रोएशियामा मंगलबार ६.४ तीब्रताको भूकम्पका कारण भारी जनधनको क्षती भएको छ ।
भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया किशोरी पनि छिन् । यसबाहेक थुप्रै घाइते भएका छन् ।
क्रोएशियाको सरकारी टिभी रिपोर्टका अनुसार मृत्यु हुने १२ वर्षीया पेट्रिनिजा इलाकाकी हुन् । यस्तै ग्लीना इलाकाका चारजनाको मृत्यु भएको पुष्टि भएको छ ।
पेट्रिनिजा इलाकाका मेयरले लगभग आधा इलाका बर्बाद भइसकेको र मानिसहरुलाई भग्नावशेषबाट निकालिने कार्य सुरु भएको जानकारी दिए ।
Pogledajte trenutak kada se zatresla #Petrinja pic.twitter.com/bZQxtGpU3f
— TV N1 Sarajevo (@N1infoSA) December 29, 2020
भुकम्पको झट्का बोस्निया, सर्बिया र इटलीमा पनि महसुस गरिएको थियो ।
क्रोएशिया मिडियाले दिएको जानकारी अनुसार एक महिलालाई पेट्रिनिजाको टाउन हलको भग्नावशेषबाट जिउँदै उद्दार गरिएको छ ।
स्थानीय च्यानल एनवानसँगको कुराकानीमा पेट्रिनिजाका मेयर डारिङ्को ड्युमबोविकले भने, ‘मानिसहरुलाई कारबाट बाहिर निकालिँदै छ । हामी हाल उनीहरु मृत हुन् वा गम्भीर रुपमा घाइते हुन् भनेर बताउन सक्दैनौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण