सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

क्रोएशियामा ६.४ तीब्रताको भूकम्प, सातको मृत्यु

बुधबार, १५ पुस २०७७, ०६ : १७
बुधबार, १५ पुस २०७७

क्रोएशियामा मंगलबार ६.४ तीब्रताको भूकम्पका कारण भारी जनधनको क्षती भएको छ । 

भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया किशोरी पनि छिन् । यसबाहेक थुप्रै घाइते भएका छन् । 

क्रोएशियाको सरकारी टिभी रिपोर्टका अनुसार मृत्यु हुने १२ वर्षीया पेट्रिनिजा इलाकाकी हुन् । यस्तै ग्लीना इलाकाका चारजनाको मृत्यु भएको पुष्टि भएको छ । 

पेट्रिनिजा इलाकाका मेयरले लगभग आधा इलाका बर्बाद भइसकेको र मानिसहरुलाई भग्नावशेषबाट निकालिने कार्य सुरु भएको जानकारी दिए । 

भुकम्पको झट्का बोस्निया, सर्बिया र इटलीमा पनि महसुस गरिएको थियो । 

क्रोएशिया मिडियाले दिएको जानकारी अनुसार एक महिलालाई पेट्रिनिजाको टाउन हलको भग्नावशेषबाट जिउँदै उद्दार गरिएको छ । 

स्थानीय च्यानल एनवानसँगको कुराकानीमा पेट्रिनिजाका मेयर डारिङ्को ड्युमबोविकले भने, ‘मानिसहरुलाई कारबाट बाहिर निकालिँदै छ । हामी हाल उनीहरु मृत हुन् वा गम्भीर रुपमा घाइते हुन् भनेर बताउन सक्दैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप