५५ वर्षीय सलमान खानको फिटनेट राज
एजेन्सी । केही दिन अगाडि मात्रै ५५ वर्षमा पाइला टेकेका बलिउडका सुपरस्टार सलमान खान अझै पनि फिल्ममा उत्तिकै सक्रिय छन् भने उनको शरीरको पनि उत्तिकै फिट छ ।
बलिउडमा प्रवेश गर्दा शरीरलाई सुगठित गर्न सलमान खानले गरेका विभिन्न फिटनेसका उपायहरु उनले जन्मदिनको अवसरमा सबैलाई बताएका छन् ।
बलिउडका सुरुवाती फिल्महरुमा निकै दुब्लो देखिने सलमान खानले ५५ वर्षसम्म पनि फिट रहन के के गरेका थिए उनले ती उपायहरु एक अन्तरवार्तामा बताए ।
उनले भने, 'म आफ्नो फिल्म करियरको सुरुवाती दिनहरुमा निकै दुब्लो थिएँ । म सधैँ आफ्नो तौल कसरी बढाउने भन्ने विषयमा चिन्तित रहन्थेँ । म उक्त समयमा जे भेट्थेँ । खाइहाल्थेँ । मलाई अझैँ याद छ, मैले 'मेने प्यार किया' फिल्मको सेटमा ३० वटा रोटी र केरा खाएको थिएँ ।'
उनले बिग बोसको १४ औँ सिजनको सेटमा आफूले आफूलाई फिट राख्नका लागि दिनमा दुई पटक जिम जाने र जिमअनुसार डाइट गर्ने गरेको बताए । उनले अहिले खाना सुँघेर नै मोटाउने गरेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण