बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

इरफानको यादमा छोराले लेखे भावुक नोट

शनिबार, १८ पुस २०७७, १४ : ५१
शनिबार, १८ पुस २०७७

विश्वले २०२० लाई विदा गरेर २०२१ को स्वागत गर्दैछ । स्वर्गीय अभिनेता इरफान खानका छोरा बाबिल खानले नयाँ वर्षको पहिलो दिनमै पितालाई सम्झिएका छ । उनले इरफानको तस्विर शेयर गर्दै सबैलाई नयाँ वर्षको शुभकामना दिएका हुन् । 

इरफानका ठूला छोरा बाबिल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी विशेष अवसरहरुमा आफ्ना बाबुको स्मरण गर्दै केही तस्विरहरु अपलोड गर्छन् । नयाँ वर्षमा बाबिलले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत बाबुसँग

बिताएका क्षणहरुका तस्विर शेयर गरेका हुन् । पहिलो तस्विरमा उनी बाबुसँग आराम गरिरहेको अवस्थामा देखिन्छन् भने दोस्रो तस्विरमा कुराकानी गरिरहेका छन् ।

बाबुलले तस्विरसँगै लेखेका छन्, ‘आगामी गन्तव्य तपार्इं बिना नै, तर तपार्इंको राम्रो कुराको साथ । सबैलाई नयाँ वर्षको शुभकामना ।’ बाबिलको यस पोस्टमा इरफानका धेरै फ्यानहरुले प्रतिक्रिया दिइरहेका छन् । 

२९ अप्रिल २०२० मा ५३ वर्षको उमेरमा इरफानको निधन भएको थियो । उनी पछिल्लो केही वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए । इरफान  अभिनित अन्तिम फिल्म ‘द सङ अफ स्कर्पियन्स’ चाडं रिलिज हुनेवाला छ ।  

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Babil (@babil.i.k)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप