शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मिल मालिक पक्राउपछि उखुको पैसा दिने प्रतिबद्धता

आइतबार, १९ पुस २०७७, ०६ : ५१
आइतबार, १९ पुस २०७७

नवलपरासीको लुम्बिनी चिनी उद्योगले एक साताभित्रै आन्तरिक समस्या टुंग्याएर किसानको भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएको छ। सरकारसँग भएको सम्झौताअनुरूप उसले पुस मसान्तअघि नै सम्पूर्ण किसानको भुक्तानी चुक्ता गरिसक्ने जनाएको छ। आन्तरिक समस्या एक साताभित्रै सल्टाएर किसानको भुक्तानी सुरु गर्ने लिखित प्रतिबद्धता जनाएपछि मिलका सञ्चालक मनोज अग्रवाल तारेखमा छुटेका छन्। अग्रवाल बिहीबार पर्साबाट पक्राउ परेका थिए। बिहीबार राति नै उनलाई नवलपरासी ल्याइएको थियो।

दुई वर्षदेखि उखुको भुक्तानी नपाएका किसानले उद्योगका सञ्चालकविरुद्ध ठगी गरेको भन्दै मुद्दा हालेका थिए।  

सुनवल नगरपालिकाका उखु किसान ज्ञानचन्द्र यादव, जर्नादन यादव, वीरेन्द्रकुमार गुप्ता, हरिलाल गुप्ता, अर्जुन चौधरीलगायतका किसानले उद्योगका सञ्चालक सुशिला गोयल (अग्रवाल) बिरुद्ध पुस २ गते ठगी मुद्दा दर्ता गरेका थिए।  

मनीष अग्रवालको नाममा रहेको उद्योग उनको मृत्युपछि श्रीमती सुशिला गोयल अग्रवालको जिम्मामा गएको थियो। अशंबण्डा गर्दा उद्योग सुशिलाका देवर मनोज अग्रवालको भागमा परेकाले प्रहरीले सोही मुद्दामा मनोजलाई नियन्त्रणमा लिएर नवलपरासी ल्याएको हो। शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा उखु किसान, प्रहरी र प्रशासनबीच छलफल भयो। किसानहरूले उखुको भुक्तानी पुरा नगरेसम्म मिल चलाउन नदिने चेतावनी दिएका छन्। अग्रवालले उद्योगको नामसारी गरी लोन स्वीकृत गराउन एक सताको समय मागेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।  

आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप